मङ्लबार, जेष्ठ ३, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • बारामा एमालेका दुई पक्षबीच कुटाकुट, वडाध्यक्षसहित ६ जना घाइते

बारामा एमालेका दुई पक्षबीच कुटाकुट, वडाध्यक्षसहित ६ जना घाइते


कान्तिपथ


बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । दुई पक्षबीच भएको झडपमा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । झडपमा परी वडाध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका हुन् ।

उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत