म्यानचेस्टर युनाइटेड र लिभरपुलका समर्थकले मंगलबार राति एनफिल्डमा क्रिस्टियानो रोनाल्डो र उनको परिवारको समर्थनमा एक मिनेट ताली बजाए । रोनाल्डोले सोमबार राति आफ्नो जुम्लाहा सन्तानमध्ये एकको मृत्यु भएको सूचना सार्वजनिक गरेका थिए । पुत्रशोकमा परेका रोनाल्डोको समर्थनमा लिभरपुल र युनाइटेडका समर्थकले सातौँ मिनेटमा उठेर एक मिनेटसम्म ताली बजाएका हुन् । रोनाल्डोले सात नम्बरको जर्सी लगाउने भएकाले लिभरपुलका समर्थकले सातौँ मिनेटमा क्लबको गीत ‘यु विल नेभर वक एलोन’ गाउँदै ताली बजाएका थिए ।
‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’
रंगशालाको अवे इन्डमा रोनाल्डोको सात नम्बरको जर्सी राखिएको थियो । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिग्वेजले सोमबार आफूहरू ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’मा रहेको बताएका थिए । रोनाल्डो र उनको परिवारको सम्मानमा लिभरपुल र युनाइटेडका खेलाडीले पाखुरामा कालो पट्टी बाँधेका थिए । युनाइटेडका प्रशिक्षक राल्फ राङनिकले सम्पूर्ण टिम र क्लब रोनाल्डोको साथमा रहेको बताए ।
‘‘जीवनमा केही कुरा फुटबलभन्दा धेरै महत्त्वपूर्ण हुन्छ । जुन हामी रोनाल्डो र उनको परिवारको घटनामा महसुस गर्न सक्छौँ ।’’
त्यस्तै, लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भनेका छन्, ‘‘जीवनमा केही कुरा फुटबलभन्दा धेरै महत्त्वपूर्ण हुन्छ । जुन हामी रोनाल्डो र उनको परिवारको घटनामा महसुस गर्न सक्छौँ ।’’ उपाधि होडमा रहेको रहेको लिभरपुलले गए राति युनाइटेडलाई ४–० ले हराएको थियो । जितसँगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ भने युनाइटेडको शीर्ष चार सम्भावना कमजोर बनेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ