शुक्रबार, कार्तिक २३, २०८१

डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण


कान्तिपथ



गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आउनुभएको हो । विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उहाँले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदानस्थललाई तीन तहमा बाँडिएको छ ।

पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको आचार्यले बताउनुभयो । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदानस्थललाई अतिसंवेदनशिलमा राखिएको उहाँले बताउनुभयो । पन्ध्र मतदानस्थललाई संवेदनशील तथा आठ मतदानस्थललाई सामान्यमा राखिएको छ ।

अतिसंवेदनशिल र संवेदनशीलरुपमा वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताउनुभयो । सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षितरुपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले बताउनुभयो ।

मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन् । पुरुष तीन हजार १४८ र महिला मतदाताको सङ्ख्या तीन हजार ३४८ रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत