रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि १७ अंकको अग्रता बनाएको हो । जितसँगै रियल उपाधि नजिक पुगेको छ । रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता छ । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ ।
पराजित ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा छ । रियललाई जित दिलाउन डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे । उता ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए । रियलका लागि खेलको १२ औं मिनेटमा अल्बाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।ओसासुनाका लागि १३ औं मिनेटमा बुडीमिरले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ४५ औं मिनेटमा एसेन्सियोले गोल गर्दा रियलले २–१ गोलको अग्रता लियो । खेलको इन्ज्युूरी समयमा लुकासले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ