सोमवार, जेष्ठ २, २०७९

आईपीएलमा दिल्ली क्यापिटल्सको सहज जित


कान्तिपथ


 दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ । ११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र ११५ रन बनाएकाे थियाे । पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए ।

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित आठौं स्थानमा छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत