बिहिबार, फाल्गुन १, २०८१

रोड रेस शनिबार


कान्तिपथ


रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुङ्गिने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत