जिल्ला प्रहरी कार्यालय महोत्तरीले २८ वर्षीय लालबाबु भण्डारीलाई पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोलबाट भण्डारीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
विवाहको गाडीमा तोडफोड गर्दै स्थानीयहरूलाई आतंकित बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी औरही र हातिलेटबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ