युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुससँग केही सहमति गरेका छन् । दुवै देशबीच युद्ध जारी रहेका बेला आफ्ना नागरिकलाई सुरक्षित गर्न जेलेन्स्कीले रुसी कैदीलाई रिहा गर्ने सहमति गरेका हुन् ।
मारियुपोलमा रहेका युक्रेनी नागरिकलाई रुसले सुरक्षित उद्धार गर्न दिने शर्तमा जेलेन्स्कीले रुसी कैदीलाई रिहा गर्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्ध सँगसँगै दुवै देशबीच अत्यावश्यक सहमति समेत हुँदै आएका छन् । यसअघि ‘सेफ कोरिडोर’ सहमति भएको थियो ।
मारियुपोलमा रुसी सेनाले बिध्वंश मच्चाएपछि आफ्ना नागरिकलाई सुरक्षित उद्धार गर्न जेलन्स्की सहमतिमा आएका छन् । सहमतिअनुसार युक्रेनी जेलमा रहेका रुसी नागरिकलाई रिहा गरिने भएको छ । यतिबेला रुसले युक्रेनको डोनबासमा केन्द्रित गरेर आक्रमण गरिरहेको छ । त्यहाँ रुसी सेनाले लगातार सैन्य कारवाही गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ