दोलखाको शैलुङ्ग गाउँपालिकाको अध्यक्षमा जनयुद्धका घाइते रिमालबाबु श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) शैलुङ्ग गाउँपालिका समितिको बैठकले उनलाई सर्वसम्मत सिफारिस गरेको हो ।
जनयुद्धको क्रममा हातमा गोली लागेका श्रेष्ठ शैलुङ्ग क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा परिचित छन् । श्रेष्ठ माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य हुन् । एमालेले शैलुङ्ग गाउँपालिका अध्यक्षको रुपमा धनबहादुर तामाङ्गलाई उम्मेदवार बनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ