दोलखाको मेलुङ्ग गाउँपालिकामा दुईदलिय गठबन्धन भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर अघि बढ्न तयार भएका हुन् । गठबन्धनको निर्णय अनुसार एकीकृत समाजवादीका नेता रविन्द्र कार्की अध्यक्षका उम्मेदवार बन्ने छन् भने माओवादीका नेता प्रेम बहादुर थोकर तामाङ्ग उपाध्यक्ष लड्ने छन् ।
कांग्रेससहितको गठबन्धन बन्न नसके गठबन्धन भित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने केन्द्रिय नीति अनुसार दुई दलिय गठबन्धन भएको माओवादीका पालिका अध्यक्ष प्रखर लामाले बताए । कांग्रेस सहमतिमा आए वडाअध्यक्षहरु दिन सकिने लामाले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ