आइतवार, अशोज २७, २०८१

उम्मेदवार छान्दै एमालेको सचिवालय बैठक


कान्तिपथ


नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बैठक बसिरहेको हो । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

महानगर, जिल्ला हुदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा एमालेले महानगर र उपमहानगरका उम्मेदवार केन्द्रबाट छान्नेछ । एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत