साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब ५ अंकले बढेको छ । ४.९४ अंकले बढेर परिसूचक २३२५ अंकमा कायम भएको छ । अन्तिम ४५ मिनेटमा नेप्सेले उकालो गति लिएको हो । सवा २ बजेसम्म नेप्से घटेर २२८८ अंकमा झरेकाे थियो । कुल १ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ ४, फाइनान्स १२, निर्जीवन बीमा ८५ र ब्यापार उपसमूह १८ अंकले घटे ।
विकास बैंक ३५, होटल तथा पर्यटन ३०, जलविद्युत १०, जीवन बीमा ७४, उत्पादन १३, लघुवित्त ६ र अन्य उपसमूह ३५ अंकले बढे । जल्पा लघुवित्त र ग्रीनभेन्चरको मूल्य १० प्रतिशतले बढ्यो । घलेम्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेस्डो लघुवित्त, नबिल बैंक, सूर्या लाइफ, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमश: सबैभन्दा अगाडि रहे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ