वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन्। वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।
उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन्। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन्। शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्। ५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ