सोमवार, जेष्ठ २, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षको उम्मेदवारमा चौलागाई सर्वसम्मत

एमालेबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षको उम्मेदवारमा चौलागाई सर्वसम्मत


कान्तिपथ


नेकपा एमाले रामेछापको दोरम्बा शैलुङ गाउँ कमिटीले स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट गाउँपालिकाको अध्यक्षमा टंक चौलागाईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गाउँ कमिटीको बैठकले चौलागाईलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेर एमाले रामेछापका अध्यक्ष आन्नद श्रेष्ठले जानकारी दिए । उनी एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका छन् ।

यसअघि एमालेले सुनापति गाउँपालिकाको अध्यक्ष र रामेछाप नगरपालिकाको नगर प्रमुख पनि सर्वसम्मत चयन गरिसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार रामेछापको ६४ मध्ये ४० भन्दा बढी वडामा सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन भइसकेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत