सोमवार, जेष्ठ २, २०७९

४ प्रदेश प्रहरी प्रमुख फेरिए: बागमतीमा पुजा सिंह


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ ।

गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिंहको सरुवा गरेको छ । यस्तै बाग्मती प्रदेशमा रहेका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्र प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत