नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्विकार गरेकी छिन् । पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले आश्चर्य प्रकट गरेकी छिन् ।
आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसंग कुनैपनि सल्लाह नगरिकन नेताहरुले के कारण यस्तो निर्णय गरे भन्ने नै आफूलाई जानकारी नरहेको उनले प्रतिक्रिया दिइन् । उपमेयरको पद आफूलाई स्विकार्य नरहेको उपमेयर गुरुङले प्रष्टोक्ति दिएकी छन् ।
केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेको दिपक पौडेललाई मेयरको उम्मेद्वार बनाउने निर्णयप्रति पोखरामा एमालेका नेता कार्यकर्तासमेत असन्तुष्ट देखिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ