शुक्रबार, फाल्गुन २, २०८१

वायर्नल म्युनिखलाई लगातार दशौं पटक बुन्डेस लिगाको उपाधि


कान्तिपथ


वायर्न म्युनिखले लगातार दशौं पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ। शनिबार भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी बोरूसिया डर्टमन्डलाई ३-१ ले हराएपछि वायर्नले सिजनको लिग तीन खेलअघि नै जित्न सफल भयो।

वायर्नले सन् २०१३ देखि लगातार बुन्डेस लिगाको उपाधि जितिरहेको छ। शनिबारको खेलमा वायर्नका सेर्जी गिनर्बीले १५ मिनेटमा पहिलो गोल गरे। लेवान्डोस्कीले ३४ मिनेटमा दोस्रो गोल गर्न सफल भए।

डर्टमन्डका क्यानले ५२ मिनेटमा पेनाल्टीमा गोल फर्काए। ८३ मिनेटमा मुसिआलाले तेस्रो गोल गरेपछि वायर्न च्याम्पियन बन्न सफल भयो। वायर्नका थोमस मुलरले ११ पटक बुन्डेस लिगको उपाधि उचाल्ने अवसर पाए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत