निर्माण व्यवसायीहरूले आजबाट निर्माण परियोजना ठप्प पारेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कन्स्ट्रक्सन होलिडे गर्दै निर्माणको काम ठप्प पारेका हुन्।
निर्माण सामग्रीमा बढेको मूल्यानुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन्। मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन्। मूल्यवृद्धि स्थिर नभएसम्म वा सरकारले भएको मूल्यवृद्धि सम्बोधन नगरेसम्म कन्स्ट्रक्सन होलिडे जारी रहने महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ।
महासंघको नेतृत्वमा उनीहरूले बिमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन्। आजदेखि निर्माणकार्य बन्द गरिएको र माग पूरा नभएसम्म काममा नफर्किने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ