सोमवार, माघ २८, २०८१

मकै बालीमा फौजी कीराको प्रकोप


कान्तिपथ


म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकैबाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्गुयाएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ । मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिनुभयो ।

किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञानकेन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत