आइतवार, फाल्गुन ४, २०८१

विराटनगर महानगरमा एमालेका युवा उम्मेदवार


कान्तिपथ


नेकपा एमालेले विराटनगर महानगरपालिकामा गठबन्धनकाे चुनाैती नयाँ पुस्ताकाे जिम्मा लगाएकाे छ। नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। एमालेले पार्टीको विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै उपमेयरमा महानगर कमिटीका उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

आइतबार अबेर राति भएको छलफलपछि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लागेको हो। रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत, महेश भट्टराई र सागर थापाको नाम सिफारिस महानगर कमिटीले केन्द्रमा सिफारिस गरेको थियो भने प्रदेश कमिटीले केन्द्रीय सदस्य जीवन घिमिरेको पनि नाम सिफारिस गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत