शुक्रबार, जेष्ठ ६, २०७९

ठूला दलद्वारा भक्तपुरमा उम्मेदवारको टुङ्ग्यो


कान्तिपथ


ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो ।

कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ, चाँगुनारायण नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरमा पुरानै नगर प्रमुखलाई दोहो¥याएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तथा मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठलाई र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी बीना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत