मङ्लबार, बैशाख ३०, २०८२

यी हुन् महानगर र उप-महानगरमा एकीकृत समाजवादीका उम्मेदवार


कान्तिपथ


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मद्‍वार टुंग्याएको छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनेछन् ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्‍वारी दिनेछन् । आफनो पार्टीको तर्फबाट उमेद्‍वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्‍वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्‍वारी दिने निर्णय भएको महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत