बिहिबार, माघ २४, २०८१

एमालेमा मेयरको टिकट: सुन चोर आरोपितको खोसियो, जातिय विभेद गर्नेले पाए !


कान्तिपथ


एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै सोमबार थापालाई अघि सारिएको हो । पौडेलले पोखराको एक गहना पसलबाट सुन चोर्दै गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादित बनेका थिए ।

एमालेले पौडेललाई उठाएपछि ०६६ को उक्त भिडियो एकाएक भाइरल बनाइएको थियो । उनलाई उम्मदेवार नबनाउन कार्यकर्ताको समेत व्यापक दबाब थियो ।

हाल मेयरको उम्मेदवार बनाइएका थापा पनि विवादित व्यक्ति हुन् । जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई विनासर्त रिहा गर्न विज्ञप्ति निकालेपछि उनको व्यापक आलोचना भएको थियो । पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा उनले क्षेत्री समुदायको पक्षपोषण हुने गरी ०७७ वैशाख २४ मा विज्ञप्ति निकालेका थिए ।

तत्कालीन नेकपाका प्रदेश कमिटी सदस्य एवं कास्की जिल्ला अध्यक्ष समेत रहेका सांसद थापाले विज्ञप्ति जारी गरी नेकपाका वडा सचिवलाय सदस्य रामबहादुर जीसी र जनक थापालाई बिना सर्त रिहाइ गर्न माग गरेका थिए ।

थापा पोखरा–१६ कै स्थानीय हुन् । बाटुलेचौरका राम जीसी, जनक थापा र देवबहादुर थापाविरुद्ध हाल पनि कास्की जिल्ला अदालतमा जातीय विभेद तथा छुवाछूतको कसुरमा मुद्दा विचाराधीन छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत