मङ्लबार, बैशाख २९, २०८३

रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन


कान्तिपथ


 नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएपछि रामेछापमा माओवादी केन्द्र र एकीकृत समाजवादीले आंशिक पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको हो ।

एकीकृत समाजवादीका नेता देवशंकर पौडेलका अनुसार रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा चुनावी गठबन्धन भएको छ ।

सहमतिअनुसार गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिका एकीकृत समाजवादी र रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । अन्य पालिकामा चुनावी तालमेल भइसकेको छैन । ‘हामी छलफलमै छौं टुंगो लागेको छैन,’ पौडेलले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत