मङ्लबार, बैशाख २९, २०८३

एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिश गरेको हो ।

उक्त दलले पोखरा महानगरपालिकको प्रमुखमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै हेटौँडा उपमहानगर पालिकाको प्रमुखमा मीना लामा, काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकको उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीका महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

समाजवादीले पाँच दलीय गठबन्धनभित्रका दलबीच तालमेलका लागि सहमति भएका स्थानमा सहमतिअनुसार उम्मेदवारी दिने र तालमेल नभएको सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन, २०७९ का लागि प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि आज अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत