सोमवार, जेष्ठ २, २०७९

एमालेले टुङग््यायो कर्णालीका उम्मेदवार


कान्तिपथ


नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख÷उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो ।

एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुुगुका आठ, कालीकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका पाँच तहका प्रमुख–उपप्रमुख टुङ्गो लगाएको हो । हुम्लाका सात स्थानीय तहका प्रमुख पदमात्र टुङ्ग््याएको छ ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख हुनुहन्छ ।

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताउनुभयो । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतबार राति नै ती पालिकाको टुङ्गो लगाएको छ ।
आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुङ्ग््याएको छ ।

डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख–उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा नौ, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा छ, जाजरकोटमा सात, कालीकोटमा नौ, जुम्लामा आठ, मुगुमा चार, हुम्लामा सात र डोल्पामा सात स्थानीय तह छन् ।

राप्रपाको वीरेन्द्रनगर प्रमुखमा गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरेन्द्रनगरको नगर प्रमुख पदमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँ पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगरका पूर्व नगर प्रमुख हुनुहुन्छ । यस्तै, राप्रपाले नगर उपप्रमुख पदमा अञ्जु बस्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले पनि आज मनोनयन दर्ता गर्ने तयारीमा छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत