बिहिबार, माघ २४, २०८१

सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु


कान्तिपथ


१२ बैशाख सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् ।

तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार यहाँ आपसी भिडन्तकाक्रममा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते भएका छन् । झडप शुक्रबारबाट सुरु भएको उनीहरुको भनाई छ । शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको छ ।

स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन् । सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ । सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत