दोलखाको बैतेश्वर गाउँपालिकामा वाम गठबन्धन भएको छ । कांग्रेसले अन्तिम समयमा आफ्नै पार्टी भित्रबाट उपाध्यक्षमा बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्र र एकिकृत समाजवादीको वाम गठबन्धन बनेको हो । कांग्रेसबाट उपाध्यक्षमा छबिलाल मोक्तान र कल्पना उप्रेतीले बागी उम्मेदवारी दिएको खुलेको हो ।
वाम गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण खड्का उम्मेदवार भएका छन् भने उपाध्यक्षमा एकिकृत समाजवादीको तर्फबाट कल्याण दाहाल उम्मेदवार भएका छन् । कांग्रेसबाट पालिका अध्यक्षमा निवर्तमान अध्यक्ष छबि लामा उम्मेदवार भएका छन् । एमालेबाट माधव घिमिरे उम्मेदवार बनेका छन् ।
गठबन्धनको तर्फबाट वडा नं १ को अध्यक्षमा धनबहादुर तामाङ्ग, वडा नं २ को अध्यक्षमा राजु तामाङ्ग, वडा नं ३ को अध्यक्षमा इराज कुमार राउत, वडा नं ४ को अध्यक्षमा लक्ष्मण चौलागाईं, वडा नं ५ को अध्यक्षमा भुवन घिमिरे, वडा नं ६ को अध्यक्षमा पुष्कर कार्की, वडा नं ७ को अध्यक्षमा मिनकुमार शिवाकोटी र वडा नं ८ को अध्यक्षमा तक्त जिरेल रहेका छन् ! वडा नं ४ र ६ समाजवादीका उम्मेदवार हुन् भने अरु सबै उम्मेदवार माओवादीका हुन् !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ