आइतवार, जेष्ठ ४, २०८२

विद्यासुन्दर सम्झेर कसरी केशव स्थापितलाई भोट हाल्नु ? : महासचिव पुन


कान्तिपथ


अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले काठमाडौं महानगरका जनताले एमालेलाई पुनः मतदान गर्ने ठाउँ नरहेको दाबी गरेका छन ।

अखिल क्रान्तिकारी कान्तिपुर कलेज अफ इन्जिनियरिङद्वारा आयोजीत अन्तरbकलेज बास्केटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यासुन्दर शाक्यको कार्यकाल भोगेका काठमाडौं बासीहरुले फेरि एमालेलाई भोट नदिने दाबी गरेका हुन् ।

विद्यासुन्दरको अनुहार सम्झेर पनि केशव स्थापितलाई भोट हाल्न सकिन्न, उनले भने । जुनतारा झार्ने भाषण गरेर मेयर जितेका विद्यासुन्दरले सिन्को समेत नभाँचेर पाँच बर्ष बिताए ।

कार्यक्रमलाई अखिल क्रान्तिकारीका केन्द्रिय सचिव सञ्जय काल्धन, कोषाध्यक्ष भुषण शाही सहितले सम्बोधन गरेका थिए ।

प्रतियोगितामा KIC कलेज प्रथम , हिलसाइड इन्जिनियरिङ द्वतिय र हिमालयन ह्वाइटहाउसले तेस्रो स्थान प्राप्त गरेको अखिल क्रान्तिकारी पुर्वाञ्चल राष्ट्रिय कमिटी अध्यक्ष टोपेन्द्र खड्काले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत