नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु अवकाशमा जाने भएका छन् । २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले तीसवर्षे सेवाहदको कारण यहि बैशाख १८ बाट अनिवार्य अवकाश पाउदैछन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसहित चार एआईजी, एघार डीआईजी र तीन एसएसपीहरुले अवकाश पाउने भएका हुन् ।
यहि बैशाख १८ मध्यरातदेखि आईजीपी शैलेस थापा क्षेत्री, एआईजीहरु हरीबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्न कुमार कार्की र बसन्त कुमार पन्तले अवकाश पाउदैछन् ।
डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त हुँदैछन् ।
सोहि ब्याचका एसएसपीहरु प्रदीपकुमार श्रेष्ठ, बिरेन्द्र बश्याल र नवराज भट्टले समेत ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ