सोमवार, जेष्ठ २, २०७९

चितवनमा दुई हजार २५० जनाको उम्मेदवारी दर्ता


कान्तिपथ


स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडाध्यक्षका लागि ५०१ जनाको उम्मेदवारी परेको हो ।
यस्तै महिला सदस्यमा ४१४ जना, दलित महिला सदस्यमा ३५१ जना र खुल्ला सदस्यमा ८५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला र एक लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत