मङ्लबार, बैशाख ३०, २०८२

लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी


कान्तिपथ


महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ।

झाका अनुसार जनता समाजवादी पार्टी र लोसपाबीच दुई स्थानीय तहमा तालमेल भएको छ। जसमा कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा लोसपा र उपाध्यक्ष जसपाले लिएको छ। कञ्चनपुर बेलौरी नगरपालिकाको मेयरमा लोसपाको उम्मेदवार हुँदा उपमेयर जसपाले पाएको छ ।
लोसपाले देशभरका कुल १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा अधिकांश मधेसकै पालिकाहरु रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत