बुधबार, जेष्ठ ४, २०७९

पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी


कान्तिपथ


आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख/अध्यक्षमा ५१, उपप्रमुख/उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका–२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका–६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध हुनुभएको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत