सोमवार, माघ २८, २०८१

रियाल मड्रिडविरुद्ध म्यानचेस्टर सिटीको जित 


कान्तिपथ


यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियाल मड्रिडविरुद्ध ४–३ अन्तरको अग्रता लिएको छ । म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुवै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।  इङ्गलिश प्रिमियर लिग लिडरसमेत रहेको सिटीले शुरुआती २–० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए  ।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १–१ गोल गरे । भ्रमणकारी स्पेनिश ला लिगा लिडर रियालको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।  पराजित बाबजुद रियालले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियाललाई जितको विकल्प छैन । दोस्रो लेग अब रियालको घरेलु मैदानमा ५ मेमा हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत