मङ्लबार, माघ २९, २०८१

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित


कान्तिपथ


बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । यस्तै असल अभ्यास आदान–प्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागुऔषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी–शिकारी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र दुवै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत