शुक्रबार, जेष्ठ ६, २०७९

पाँच वटा वडामा दलित सदस्यमा उम्मेदवारी खाली


कान्तिपथ


उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा दलित समुदायबाट उम्मेदवारी नपरेको पाइएको छ । गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि व्यवस्था गरिएको आरक्षण कोटामा उम्मदेवारी नपरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

वडा समितिमा एक जना दलित सदस्यको अनिवार्य व्यवस्था भएको भए पनि ती वडामा सो पदमा उम्मेदवारी नपरेको उहाँले बताउनुभयो । गाउँपालिकाको ७ वटा वडामध्ये २ वडामा मात्र दलित समुदायको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । पालिकाको वडा नं २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

वडा नं २ मा ल्हाक्पा डिकी कामीको उम्मेदवारी परेको छ भने वडा नं ३ मा नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी, नेपाली कांग्रेसबाट निरमाया विक र जनता समाजवादी पार्टीबाट निमा कामीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबिच चुमनुब्री गाउँपालिकामा वडाध्यक्षसहित ८ जनाको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । वडा नं ६ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार सरोज लामा, सदस्य ठिमे ग्याम्जो लामा, सोनाम लामा, डोल्मा लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

गाउँपालिकाको– १ मा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको एकमात्र उम्मेदवारी परेको छ । वडा नं ५ बिहीका सोनाम साङ्गोको पनि महिला सदस्यमा एकमात्र उम्मेदवारी परेको हो । वडा नं २ मा माओवादीको तर्फबाट ल्हाक्पा डिकी कामी सदस्यमा निर्विरोध हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत