सत्तारुढ दलहरुको गठबन्धनले नेकपा एमालेसँग विभिन्न स्थानीय तहमा भएका चुनावी तालमेल खारेज गर्ने भएका छन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ ।
दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए । तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको देखिएको थियो भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।
गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ