चर्चित मलयालम तथा भारतीय अभिनेता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा दर्ता गरेको छ । प्रहरीले २२ अप्रिलमा यसबारे उजुरी प्राप्त गरेको र त्यसपछि अभिनेताविरुद्ध उजुरी दर्ता गरेको जानकारी दिएको छ ।
प्रहरीको जानकारी अनुसार अभिनेता विजय बाबुले कोच्चिमा एउटा फ्ल्याटमा उजुरीकर्तामाथि यौन शोषण गरेका थिए । कोझिकोड जिल्लामा बस्ने यी महिलाले आफूमाथि एकपटक मात्रै नभई बारम्बार यौन उत्पीडन भएको आरोप लगाएकी छन् । विजय बाबुले उनलाई फिल्ममा अभिनयको मौका दिने बचन दिएको बताइएको छ । मुद्दा दर्ता भएको पाँच दिनभन्दा बढी समय भइसकेको छ तर प्रहरीले अहिलेसम्म अभिनेतालाई सोधपुछ भने गरेको छैन ।
यी आरोपबीच मलयालम सुपरस्टार विजय बाबुले फेसबुक लाइभमा आफ्नो बयान सार्वजनिक गरेका छन् । विजय बाबुले लाइभमा भने, ‘मैले केही गल्ती गरेको छैन, त्यसैले म डराउदिनँ । यहाँ म पीडित हुँ । जुन महिलाले ममाथि आरोप लगाएकी छिन् उनलाई म सन् २०१८ देखि चिन्दछु ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ