सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताएका छन् । जेठ १ देखि लागू हुनेगरी कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ।
इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि सरकारले सो निर्णय गरेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ