आइतवार, माघ ११, २०८२

बेलायती संसदमा अश्लिल भिडियो हेरेको भन्दै छानबिन सुरु


कान्तिपथ


बेलायती संसदमा एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै छानबिन सुरु भएको छ । सत्तारुढ दलका ती सांसदले संसद चलिरहेकै बेलामा अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको हो ।

बेलायती मिडियाका अनुसार एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका एक सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् । त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् ।

यस घटना ले प्रधानमन्त्री बोरिस जोन्सनको मन्त्रीमंडल माथि समेत प्रश्न उठाएको छ ।

बुधवार हाउस अफ कमन्समा प्रधानमन्त्री बोरिस जोनसनलाई ग्रीन पार्टीकी नेतृ क्यारोलिन लुकासले दुर्व्यवहार र अनुपयुक्त यौन व्यवहारको मुद्दामा प्रश्न उठाएकी थिइन् । “यस सदनका ५६ सदस्यहरू यौन दुर्व्यवहारको लागि अनुसन्धानको दायरामा छन्, जसमा उहाँका तीनजना मन्त्रीहरू पनि छन्” उनले भनिन् ।

छानविनमा पर्ने ती सांसदको नाम भने अहिले सम्म सार्वजनिक गरिएको छैन भने उनी ४० देखि ५० वर्ष उमेरबीचका पुरुस भएको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत