विश्वको सबैभन्दा प्रख्यात सामाजिक मिडिया प्लेटफर्महरू मध्येको एक ‘ट्विटर’, दुनियालाई आश्चर्यचकित पार्दै ५४ अर्ब डलरमा अधिग्रहण गरेपछि टेस्लाका संस्थापक अर्बपति एलोन मस्कले नयाँ लक्ष्य घोषणा गरेका छन्: कोका-कोला।
अनौठो बयानका लागि परिचित मस्कको ट्विटरमा ठट्टा गर्ने प्रवृति रहेको छ। एलोन मस्कले नया ट्विटमा भनेका छन् कि उनले अब कोका-कोला कम्पनी किनेर ‘कोकेन’ फिर्ता राख्न चाहन्छन् ।
उनको सबैभन्दा भर्खरको कोका-कोला ट्विट – सम्भवतः मजाकमा गरिएको हो, यद्यपि उनको सनकी सोशल मिडिया बयानहरूमा अभिनय गर्ने उनको इतिहासलाई पूर्ण रूपमा बुझ्न सकिदैन । कोका कोलाको समानार्थी ट्रेडमार्क सफ्ट ड्रिंकलाई यसको दुई प्राथमिक सामग्रीका लागि नाम दिइएको छ: कोका पात र कोला नट। जबकि कोला नट क्याफिनको स्रोत हो, कोका पातहरू आधार हुन् जसबाट साइकोएक्टिभ ड्रग कोकेन निकालिन्छ।
त्यसको लगत्तै, मस्कले अघिल्लो ट्वीटको स्क्रिनसट पोस्ट गरे जहाँ उनले भने, “अब म म्याकडोनाल्ड्स किन्न जाँदैछु र सबै आइसक्रिम मेसिनहरू ठीक गर्न जाँदैछु,” र मजाक गर्दै आफैलाई जवाफ दिए “सुन म चमत्कार गर्न सक्दिन”।
एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।
युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ