आइतवार, बैशाख २७, २०८३

बागी उम्मेदवारी फिर्ता लिन आग्रह


कान्तिपथ


नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्ररूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत