बुधबार, जेष्ठ ४, २०७९

केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै


कान्तिपथ


आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थाल्नुभएको छ ।

निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहनुभएका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहनुभएको छ । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पार्नुभयो ।
कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिनुभएको छ । घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व कांग्रेसमा आएमा जनताको चाहना, भावना अनुसार काम गर्ने बताउनुभयो । उहाँले विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहँदै आएको दावी गर्दै समय सुहाउँदो महानगरको निर्माण नै आफ्नो अभियान रहेको धारणा राख्नुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत