मङ्लबार, बैशाख ३०, २०८२

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण


कान्तिपथ


चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।

विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने समेत विभागले जनाएको छ । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

चालु आर्थिक वर्ष ०७८/७९ को ६-९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आंकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत