सोमवार, जेष्ठ १५, २०८०

‘समाजको समृद्धिका लागि चार्टर्ड एकाउन्टेन्ट महत्वपूर्ण भूमिका’


कान्तिपथ


समाजको आर्थिक विकास र समृद्धिका लागि चार्टर्ड एकाउन्टेन्टको योगदान महत्वपूर्ण रहेको बताइएको छ । सुडी समुदायका व्यक्तिहरुका लागि व्यवसायिक सीप एवम् क्षमता अभिवृद्धि र आर्थिक तथा वित्तीय सम्बन्धी निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले सुडी समाज महासङ्घ नेपाल (एफएनएसएस)द्वारा आज यहाँ आयोजित चार्टर्ड एकाउन्टेन्टहरुसँगको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले समाज वा राष्ट्रको आर्थिक विकास एवम् समृद्धि चार्टर्ड एकाउन्टेन्टहरुको योगदान विना सम्भव नभएको बताउनुभयो ।

समाजको आर्थिक विकास र समृद्धिका लागि महासङ्घसँग सहकार्य तथा समन्वय गर्न आफूहरु तयार रहेको बताउँदै उहाँँहरुले आफूहरूलाई समाजको समृद्धिका सारथी बनाउन आग्रह गर्नुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट परमेश्वर महासेठले समाजको आर्थिक विकास र उन्नयनका लागि चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण हुने बताउँदै समृद्ध समाज निर्माणका लागि अग्रसर हुन चार्टर्ड एकाउन्टेन्टहरुलाई आग्रह गर्नुभयो । “एउटा कर्पोरेट हाउसको वित्तीय सुशासनका लागि समेत चार्टर्ड एकाउन्टेन्ट आवश्यक हुन्छ भने समाजलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि तपाईहरुको भूमिका कति महत्वपूर्ण होला”, भन्नुभयो ।

महासङ्घका सल्लाहकार तथा सुडी समाज काठमाडौंका अध्यक्ष डा अशोक महासेठ, महासङ्घका वरिष्ठ उपाध्यक्ष इन्जिनीयर उमाशङ्कर साह र महासचिव शीतलप्रसाद महतोलगायतका वक्ताहरुले समाजको सामाजिक, आर्थिक र वित्तीय विकास तथा रोजगारी सिर्जनका लागि चार्टर्ड एकाउन्टेन्टहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुडी समुदायका १२ जना चार्टर्ड एकाउन्टेन्टको सहभागिता थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत