मङ्लबार, बैशाख ३०, २०८२

कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी


कान्तिपथ


सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म जारी रहने छ । प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ । उहाँका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ ।

चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उहाँले बताउनुभयो । “कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ । संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ”, उहाँले भन्नुभयो । आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उहाँको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत