आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • लोसपाको घोषणा पत्र: बेरोजगार भत्ता र विवाह खर्चको व्यवस्था गर्ने (पूर्णपाठ)

लोसपाको घोषणा पत्र: बेरोजगार भत्ता र विवाह खर्चको व्यवस्था गर्ने (पूर्णपाठ)


कान्तिपथ


लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले घोषणा पत्र सार्वजनिक गरेको छ। आज लोसपाले स्थानीय चुनाव केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको हो। उक्त घोषणा पत्रमा राजनीतिक दलहरूलाई हेर्ने लोसपाको दृष्टिकोण र लोसपाका योजनाबारे उल्लेख गरिएका छन्।

लोसपाले वृद्धभत्ता र महिला भत्ता वृद्धि गर्ने एजेन्डा पनि राखेको छ। साथै बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कार खर्च आदिको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ।
लोसपाले स्वास्थ्य बिमा, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने पनि बताएको छ भने श्रमिकका लागि पेन्सनको सुनिश्चितता गर्ने उल्लेख गरेको छ।

लोसपाले मुख्य राजनीतिक दलहरू विचारशून्य भएको पनि आरोप लगाएको छ। ठूला दलहरू आफूलाई निर्वाचन, सरकार र सत्ताको साँघुरो घेराभित्र सीमित राखेको पनि लोसपाको दाबी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत