आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • मन्त्रिपरिषद्को बैठक बस्दै: नेपाल प्रहरी र सशस्त्रमा नयाँ आईजीपी आउँदै

मन्त्रिपरिषद्को बैठक बस्दै: नेपाल प्रहरी र सशस्त्रमा नयाँ आईजीपी आउँदै


कान्तिपथ


मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। तर, यता नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत