रियल मड्रिड चार खेल बाँकी छँदाछँदै स्पानिस ला लिगाको उपाधि जित्न सफल भएको छ । शनिवार राति स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो ।
रियलको सहज जितमा रोड्रिगोले ३३औं र ४३औं मिनेटमा गोल गरेका थिए । यस्तै मार्को असेन्सियोले ५५औं र करिम बेन्जेमाले ८१औं गोल गरेका थिए ।
रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अगाडी रहेको छ ।
दोस्रो स्थानमा रहेको सेभियाको समान खेलबाट ६४ र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ । दुवैले अब बाँकी खेल जिते पनि रियललाई भेट्न सक्ने छैनन् ।
रियलले उपाधि जितेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि युरोपको पाँच लिग जित्ने पहिलो प्रशिक्षक बन्न पुगेका छन् । एन्सेलोट्टीले यसअघि प्रशिक्षकको रुपमा प्रिमियर लिग, इटालियन सिरी ए, फ्रेन्च लिग वान, र जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ