इजिप्टमा शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ ।
इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।
घाइतेहरुको उपचार जारी रहेको त्यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ